शनिबार, साउन ३०, २०८३

हत्या आरोपी आलम अदालतमा पेश, आजै बयान लिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रौतहट- बम विस्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री  मोहम्मद आफ्ताब आलमलाई पुनः अदालत पेश गरिएको छ । 

जिल्ला अदालत रौतहटले दिएको ७ दिनको म्याद सकिएपछि आज (आइतबार) म्याद थपका लागि अदालतमा पेश गरिएको हो । कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन ।

उनीसँग जिल्ला सरकारी  वकिलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी गरेको छ । आलमको पक्षबाट करीब ३० जना वकिलले बहस गर्ने तयारी गरेका छन् ।

उनी असोज २६ गते पक्राउ परेका थिए । सर्वोच्च अदालतले २०६९ सालमै पक्राउ गर्न आदेश दिएपनि उनी आदेश दिएको सात वर्षपछि पक्राउ परेका थिए । घटना भने २०६४ साल चैत २७ गते भएको थियो । 

उनले संविधान सभाको निर्वाचनको बुथ कब्जा गर्न बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा अचानक विस्फोट भएपछि केहिको मृत्यु भएको थियो भने केहि घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार घाइते भएकाहरुलाई उनले इट्टा भट्टामा हालेर जिउँदै जलाइ हत्या गरेका थिए । 

उनले २ नेपालीसहित २२ जनालाई जलाएर हत्या गरेको आरोप छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।