धादिङ- जिल्लाको धुनिबेसी नगरपालिकाको चालिसेमा शंकास्पद वस्तु फेला परेको छ। प्रहरीका अनुसार जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो।
झोलाभित्र प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४