काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण मुलुकका अधिकांश भागमा चिसो बढेको छ ।
धुम्मिएको मौसमका कारण घाम लाग्न सकेको छैन् भने मौसम आंशिकदेखि सामान्य बदलि भएकाे छ । ठाउँ ठाउँमा सामान्य वर्षा हुनसक्ने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आइतबार देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षा हुनसक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, मंगलबार पनि देशभर आंशिक बदली भइरहने महाशाखाले जनाएको छ ।
चिसो बढेसँगै काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्रीमा झरेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ ।
यस्तो हुने आगामी तीनको मौसम
कार्तिक ०३ गते (आइतबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कार्तिक ०४ गते (सोमबार)
दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
कार्तिक ०५ गते (मंगलबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराई भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भुभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४