आइतबार, चैत ८, २०८२

काठमाडौंको गोकर्णेश्वरमा मंगलबारदेखि भौतिक रूपमा पठनपाठन

राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ गतेदेखि भौतिक रुपमा पठनपाठन सुरु गर्ने भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ गतेदेखि भौतिक रुपमा पठनपाठन सुरु गर्ने भएको छ। नगरपालिकाले आवश्यक भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पूण सतर्कताका साथ भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न लागेको हो।

लामो समय कोभिड १९ को बढ्दो संक्रमणका कारण पठनपाठन अवरुद्ध भएको भन्दै भौतिक दुरी कायम गरेर सिफ्टअनुसार विद्यालय खोल्ने विषयमा निर्णय भएको नगरका सूचना अधिकारी टंकनाथ घिमिरेले बताए। उनले भने, ‘ नगरपालिकाभित्रका सबै विद्यालय आवश्यक सुरक्षा प्रबन्धको कडाइका साथ पालना गरी भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको छ।’

नगरपालिकाले विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना नगरेको पाइएमा नियमानुसार कारबाही हुने जनाएको छ। यसअघि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडाध्यक्ष, पेसागत संस्थाका प्रमुखहरुबीचको अन्तरक्रियापछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सिफारिस गरिएको थियो।

प्रकाशित: Aug 30, 2021| 16:38 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्