मंगलबार, वैशाख ८, २०८३

टेस्ट क्रिकेटमा रोहितले बनाए कीर्तिमान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटको एक सिरिजमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

विश्व क्रिकेट च्याम्पियनसिपअन्तर्गत राँचीमा जारी दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेस्ट खेलमा उनले यो कीर्तिमान बनाएका हुन्। रोहितले दक्षिण अफ्रिकाविरुद्धका चार पारीमा अहिलेसम्म १७ छक्का प्रहार गरिसकेका छन्। 

जारी सिरिजदेखि टेस्टमा ओपनिङ गर्न आएका शर्माले पहिलो खेलमा दुई शतकसहित १३ छक्का प्रहार गरेका थिए। दोस्रो खेलमा भने उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। जारी टेस्टमा ११७ रनमा खेलिरहेका उनले ४ छक्का प्रहार गरिसकेका छन्। 

यसअघि यो कीर्तिमान वेस्ट इन्डिसका सिमरोन हेटमायरको नाममा थियो । उनले गत वर्ष बंगलादेशविरुद्ध एक सिरिजमा १५ छक्का प्रहार गरेका थिए। 

विश्व टेस्ट च्याम्पियनसिपमा सबैभन्दा बढी छक्का 

रोहितले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपमा सबैभन्दा बढी छक्का प्रहार गरेका छन्। उनले इग्ल्यान्डका अलराउन्गर बेन स्टोक्सलाई पछि पारेका छन्। स्टोक्सले अहिलेसम्म पाँच खेलमा १३ छक्का प्रहार गरेका छन्।

एजेन्सीको सहयोगमा  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।