सोमबार, असोज १२, २०८३

एएफसी यु–१९ च्याम्पियनसिप छनोट : ३१ खेलाडी दोस्रो चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नोभेम्वर ६ देखि इरानमा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिप छनोटका लागि  दोस्रो चरणमा ३१ खेलाडी छनोट भएका छन्। नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणका ४८ खेलाडीबाट ३१ खेलाडी छनोट गरेका हुन्। उनले अब केही दिनमै अन्तिम टोलीको टुंगो लाग्ने बताए। 

दोस्रो चरणका लागि छानिएको टोलीमा गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना रहेका छन्। डिफेन्डरमा बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, एन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, बिकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ र निराजन महर्जन रहेका छन् भने मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रन्जन पुन, आकाश बुढाममगर, जया गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेन्जन रहेका छन्। फरवार्डमा भने ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दिपेश आलेमगरलाई अघिल्लो चरणका लागि छनोट गरिएको छ।

छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा आयोजक इरानसँगै युएईं र किर्गिस्तान रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।