मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि इन्डिया–श्रीलंका खेल स्थगित

क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि इन्डिया–श्रीलंका खेल स्थगित

इन्डियन टिमका खेलाडी क्रुणाल पाण्ड्यालाई कोभिड–१९ पोजेटिभ देखिएपछि जारी इन्डिया श्रीलंका सिरिजको दोस्रो खेल एक दिनका लागि स्थगित भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– इन्डियन टिमका खेलाडी क्रुणाल पाण्ड्यालाई कोभिड–१९ पोजेटिभ देखिएपछि जारी इन्डिया श्रीलंका सिरिजको दोस्रो खेल एक दिनका लागि स्थगित भएको छ।

जारी टी–२० सिरिजको दोस्रो खेलअघि गरिएको परीक्षणमा पाण्ड्यालाई कोभिड देखिएपछि आज साँझको खेल भोलि बुधबारसम्मका लागि स्थगित गरिएको हो।

स्थानीय समयअनुसार ८ बजेबाट खेल सुरु हुनुभन्दा केही समय अघिमात्र पाण्ड्याको  रिजल्ट पोजेटिभ देखिएको हो।

पछिल्लो समयटिमका अन्य आठ खेलाडी उनको सम्पर्कमा आएका छन्। पाण्ड्यासँग सम्पर्कमा आएका खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ। यससँगै अब सबै खेलाडीको पुनः टेस्ट हुनेछ।

अहिलेसम्मको तालिका अनुसार अब दोस्रो र तेस्रो टेस्ट बुधबार र विहीबार हुनेछ।

प्रकाशित: Jul 27, 2021| 14:45 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।