शनिबार, साउन ३०, २०८३

तेस्रो पटक सफलताका साथ कलेजो प्रत्यारोपण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तेस्रो पटक सफलताका साथ कलेजो प्रत्यारोपण गरेको छ। जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफलताका साथ कलेजो प्रत्यारोपण गरेको हो।

रुपन्देहीका २७ वर्षीय छोराले ५० वर्षीय बुबालाई दिएको कलेजो प्रध्यापक डा. रमेशसिंह भण्डारीको टोलीले सफलताका साथ प्रत्यारोपण गरेको हो। डा. भण्डारीले 'नेपालमा स्थायी कलेजो प्रत्यारोपण कार्यक्रमका लागि आशाको छोटो किरण' देखिएको प्रतिक्रिया दिएका छन्। उनले अब कलेजो प्रत्यारोपण बिस्तारै नियमित बनाउने योजना रहेको बताए। 

नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने डा भण्डारीले बताए। डा भण्डारीका अनु्सार परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्छन् भने रक्त समूह पनि मिलेको हुनुपर्छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।