काठमाडौं- अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचन कतारले ९७औँ रचना वाचन शृङ्खला सम्पन्न गरेको छ।
विगत ८ बर्षदेखि कतारमा रचना वाचन गर्दै आएको संस्थाले नेपालमा दोस्रोपटक रचना वाचन गरेको हो। कार्यक्रममा गीत, गजल, कविता, मुक्तकलगायतका रचनाहरु वाचन गरिएको थियो।
कार्यक्रममा बोल्दै साहित्यकार श्रवण मुकारुङले वैदेशिक भूमिमा रहेर पनि नेपालीहरुले गरेको यस्ता कार्यक्रमले साहित्यलाई सम्मान पुर्याउने बताए। त्यस्तै अर्का साहित्यकार आहुतीले साहित्य मार्फत् प्रवासी नेपालीहरुको समाजशास्त्र खोज्नुपर्ने बताए।
प्रवासमा रहेका नेपालीहरुले गरेको प्रयासलाई कदर गर्नुपर्ने उनको भनाइ छ।
श्रष्टाहरुले परदेशको जीवनशैली, नेपालको राष्ट्रियता बोलेका थिए।
कार्यक्रमका विशिस्ट स्रोता जसराज राईले प्रवासमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउने साहित्यकारका रचनाले सकारात्मक समाजको निर्माण गर्नमा मद्दत पुगेको बताए।
रोजगारीको साथसाथै आफ्नो भाषा, साहित्यप्रति माया राख्ने अनेसास कतार च्याप्टरलाई धन्यवाद दिए।
कतार च्याप्टरले नियमित रचना वाचन श्रृङ्खला, भानुजयन्ती विषेश, कार्यक्रम गर्दै आएको अनेसास कतार च्याप्टरका उपाध्यक्ष मणि पौडेलले बताए।
संस्थाले हरेक बर्ष लक्ष्मी पूजाको दिन नेपाली साहित्यकारलाई कतारमा बोलाएर कार्यक्रमका साथै सम्मान गर्दै आएको छ।
कार्यक्रमका विशिष्ट जसराज राईको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४