शनिबार, साउन ३०, २०८३

राजपा सांसद साह रिहा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं -  जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका साहलाई धनुषा प्रहरीले बुधबार बिहान अदालतमा  उपस्थित गराई घटनाको अनुसन्धानका लागि चारदिन थुनामा राख्ने अनुमति लिएको थियो ।

विमान ढिलो भएको भन्दै सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।