शनिबार, साउन ३०, २०८३

चिसो बढेसँगै तातोपानीमा स्नान गर्नेको घुइँचो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । 

बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । 

चिसो बढेसँगै मुस्ताङ जाने-आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार हाल दैनिक ५०० भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । 

प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्छ । उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गर्दै गरेका काठमाडौँका प्रदीप शाक्य थकान मेटिएको बताउँछन् । 

यहाँ दुई पोखरी निर्माण गरिएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ः०० देखि साँझ ८ः०० बजेसम्म स्नान गर्न सकिन्छ । 

कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई रु ५० तथा बाह्य पर्यटकलाई रु १५० प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेशशूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष रु ५८ लाखमा ठेक्का लगाएको छ । 

गत वर्ष रु ५३ लाख आम्दानी भएको थियो । कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । 

कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धी पुनले बताए । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्यचौकीमा एक प्राविधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन गरिएको छ ।

कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्यचौकीलाई रु ३० लाख सहयोग भएको थियो । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा १० भन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।