शनिबार, साउन ३०, २०८३

एनआरएनएको अध्यक्षमा कुमार पन्त अगाडी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गैर-आवासिय नेपाली संघ (एनआरएनए)को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्त अगाडी देखिएका छन् ।

शुक्रबार बिहान १७ सय भोट गनिसक्दा पन्त अध्यक्षका अर्का प्रत्यासी  कुल आचार्यभन्दा ६१ भोटले अघि देखिएका हुन् ।

अब करिब ६ सय मत गन्न बाँकी छ । नयाँ नेतृत्वका लागि बिहीबार भएको चुनावमा दुई हजार ३ सय ४४ मत खसेको थियो । 

बुधबार इलेक्ट्रोनिक भोटिङ मेसिनको सफ्टवेयरमा खराबी आएपछि बिहीबार १० बजे कागजी मतपत्रबाट मतदान गरिएको थियो। मतदान रोकिदा एनआरएनएका प्रतिनिधिले होटलमा तोडफोडसमेत गरेका थिए । 

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीका लागि निर्वाचन भएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।