शनिबार, साउन ३०, २०८३

सकियो एनआरएनएको मतदान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत मतदान सकिएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो। शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना सुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिए।

निर्वाचनमा सुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो। निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य बीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ। 

यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको सङ्घको समापन समारोह नहुने भएको छ। मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।