शनिबार, साउन ३०, २०८३

ज्योति पाण्डेको अर्धशतकमा विराटनगरको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–विकेटकिपर तथा ब्याट्सवुमन ज्योति पाण्डेको शानदार अर्धशतको मद्दतमा विराटनगर टाईटन्सले विजयी सुरुवात गरेको छ। वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो। 

ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। विराटनगरको जितका लागि ज्योतिले ६५ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४३ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेलिन्। त्यस्तै सोनु खड्काले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रनको योगदान दिइन्। अश्मिना कर्मचार्यले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्। ललितपुरका लागि सम्झना खड्काले २ तथा करुणा भण्डारीले एक विकेट लिइन्।
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो। ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन जोडिन्। उनले २४ बलमा ३ चौका प्रहार गर्दै २८ रनको योगदान दिएकी हुन्। त्यस्तै करुणा भण्डारीले २१ रनको योगदान दिँदा कृति सेन र सम्झना खड्काले अविजित रहँदै समान १३–१३ रन जोडिन्। विराटनगरकी सबनम राई र आरती बिडारीले एक-एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।