शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनाबाट दैनिक ६ जनाकाे मृत्यु, मर्नेमा पुरुष बढी

दुर्घटनाबाट दैनिक ६ जनाकाे मृत्यु, मर्नेमा पुरुष बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालमा सवारी दुर्घटनाको कारण दैनिक ६ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।

विश्व ट्रमा दिवसको अवसरमा ट्रमा सेन्टरले आयोजना गरेको कार्यक्रममा बिहीबार तथ्यांक सार्वजनिक गर्दै प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ भाद्रसम्म मात्रै २८ जनाको मृत्यु भएको बताए। जसमध्ये ४० प्रतिशत भन्दा बढी पैदलयात्री रहेको विष्टले बताए। 

दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष बढी

दुर्घटनाबाट मृत्यु हुनेमा पुरुषहरु बढी रहेको प्रहरी नायब उपरीक्षक विष्ट बताउँछन्। आर्थिक वर्ष २०७५/२०७६ मा उपत्यकामा ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाको दुर्घटनाबाट मृत्यु भएको छ।  
पुरुषमा धैर्यता कम हुने र तीब्र गतिमा सवारी चलाउने हुनाले दुर्घटना र मृत्यु हुनेको संख्या पुरुषको बढी रहेको उपरीक्षक विष्ट बताउँछन्। 

युवावस्थाका मानिस बढी 

सवारी दुर्घटना भएर मृत्यु हुनेमा १७ वर्षदेखि ३५ वर्षसम्मका युवाहरुको संख्या उच्च रहेको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकामा १६ वर्षमुनिका १५ जना, १७ देखि ३५ वर्षका १४७ जना र ३६ वर्ष माथिका ९२ जनाको मृत्यु भएको छ।

किन हुन्छ सवारी दुर्घटना ? 

प्रहरी नायव उपरिक्षक विष्टका अनुसार ८९.०७ प्रतिशत सवारी दुर्घटना सवारी चालकले संयमता नअपनाउनाले हुने गरको छ। त्यस्तै तीब्र गतिले ५.४५ प्रतिशत, मापसेबाट ३.४९, ओभरटेकबाट ०.८७, पैदलयात्रीको लापरबाहीले ०.०३, बाटोको जिर्ण अवस्थाले ०.३९ र यात्राको गडबडीले ०.६६ प्रतिशत दुर्घटना हुने गरेको छ। 

मानवीय सचेतता अपनाउनु, जीर्ण सडक मर्मत गर्नु, सवारीलाई चेकजाँच गरिरहनु जस्ता कुराले दुर्घटना न्युनिकरण गर्न सकिने विष्ट बताउँछन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार सवारी दुर्घटनाबाट विश्वमा दैनिक साढे ३ हजारको हाराहारीमा मानिसको मृत्यु हन्छ भने वार्षिक साँढे १२ लाख मानिसको मृत्यु हुने तथ्यांक छ। 

कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्रमोदकुमार यादवले ट्रमा सेन्टरमा आउने विरामीमध्ये ६० प्रतिशत हातखुट्टामा चोट लागेर आउछन् भने २० प्रतिशत टाउकोमा चोट लागेका बिरामी हुन्छन्। बाँकी २० प्रतिशत अन्य ठाउँमा चोट लागेर आउने गर्छन्। 

अस्पतालमा भर्ना भएका बिरामीको तथ्यांक सार्वजनिक गर्दै निर्देशक यादवले आव २०७२÷७३ मा चोटपटक लागेर ओपीडीमा आउने बिरामीको संख्या २८ हजार ३ सय २३ रहेकोमा अर्थिक वर्ष २०७५/७६ मा पुग्दासम्म बढेर ७९ हजार २ सय ३९ पुगेको बताए। 

त्यस्तै आव २०७५/०७६ मा इमरजेन्सीमा भर्ना हुनेको संख्या १८ हजार २ सय ६३ रहेका छन्। 

मृत्युदर घट्दै

अर्थिक वर्ष २०७३/७४ मा ट्रमा भएर मृत्यु हुनेको संख्या २.४ प्रतिशत रहेको र २०७५/७६ मा घटेर १.८७ पुगेको छ। दुर्घटनाको दर बढे पनि समयमै अस्पताल आइपुग्नु र सही उपचार पाउनाले मृत्युदर घटेको निर्देशक यादव बताउँछन्।

मुलुकको एकमात्र ट्रमा सेन्टरमा जनशक्ति र यन्त्र उपकरण र आइसियु बेडकोे अभाव छ। न्युनतम ५० बेड आवश्यक पर्ने ट्रमामा हाल ११ बेडको आइसियु रहेको छ त्यसमध्ये १० बेड मात्र सञ्चालनमा छन्।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले ट्रमाको समस्यालाई समाधान गर्ने आश्वासन दिएका छन्। पहिलेदेखि नै जनशक्तिको अभाव झेल्दै आएको सेन्टरमा सबैभन्दा बढी नर्सिङ जनशक्तिको अभाव रहेको निर्देशक यादवको गुनासो छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।