शनिबार, साउन ३०, २०८३

त्रिविको परीक्षा आवेदन फाराम भर्ने म्याद थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा फाराम भर्ने समय थप गरेको छ। 

फाराम भर्ने विद्यार्थीको चाप बढेपछि समय थप गरेको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। थपिएको म्यादअनुसार कार्तिक ८ गतेसम्म  र दोब्बर दस्तुरमा कार्तिक १९ गते सम्म फाराम भर्न सकिनेछ।

त्रिविले गत बैशाखमा स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो। सेमेष्टर प्रणाली सुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको संख्या बढेको हो।

त्यस्तै त्रिविले ४५औं दीक्षान्त समारोहकालागिसमेत फाराम भर्ने म्याद थप गरेको छ। कार्तिक ८ गतेसम्म म्याद थप गरिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।