शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विन र सुचीसँग राष्ट्रपति भण्डारीको भेटवार्ता, यस्ता भए सम्झौता 

विन र सुचीसँग राष्ट्रपति भण्डारीको भेटवार्ता, यस्ता भए सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

म्यानमार - म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति ऊ विन मिन्तबीच प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको आपसी हितका बारेमा कुरा भएको छ। 

त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) दिएको थियो। राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरिन्।

राष्ट्रपति भण्डारीले आजै म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीसँग पनि भेटवार्ता गरेकी छिन्। भेटमा पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भएको हो।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमणमा छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।