शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनआरएनए निर्वाचन: महेश श्रेष्ठ र गौरी जोशी आचार्यको समूहमा  फर्किए

एनआरएनए निर्वाचन: महेश श्रेष्ठ र गौरी जोशी आचार्यको समूहमा  फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।  

मतदाता नामावली प्रकाशन,  उम्मेदवारी दर्ता,  दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो।

अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुलआचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्। 

यसैबीच,  अन्तिम समयमा आएर पन्तको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी आचार्यकै प्यानलमा फर्किएका छन्। 

मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्तगर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् । 

जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध चयन हुने सम्भावना बढेको छ । जोशीले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । 

श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा प्रभावशाली मानिन्छन् । 

श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । 

यी दुई उम्मेदवार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थप बलियो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।