शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद साह पक्राउ प्रकरण : राजपाले गर्‍याे आन्दोलनको घोषणा

सांसद साह पक्राउ प्रकरण : राजपाले गर्‍याे आन्दोलनको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- विमानस्थलभित्र तोडफोड गरेको आरोपमा पक्राउ परेका आफ्ना सांसद प्रमोद साहलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ । 

बुधबार साँझ बसेको राजपा अध्यक्षमण्डलको बैठकले गृहमन्त्री रामबहादुर थापाको पुतला दहनदेखि धनुषा बन्दसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
 
सांसद पक्राउ परेको विरोधमा राजपाले बिहिबार जनकपुरस्थित जनकचोकमा गृहमन्त्री थापाको पुतला दहन गर्ने कार्यक्रम रहेको जनाएको छ। यसैगरी गृहमन्त्रीका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत पुतला जलाइने उसले बताएको छ ।

विरोध कार्यक्रमअन्तर्गत शुक्रबार मशाल जुलुस प्रदर्शन र शनिबार धनुषा बन्द गर्न राजपाले आव्हान गरेको छ । 

यसैगरी बुद्ध एयरले स्तरीय सेवा दिन नसकेको भन्दै उडान अनुमति खारेजी र जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले सांसद साहविरुद्ध झुटा मुद्दा दर्ता गराएकोले कारबाही गर्न राजपाले माग गरेको छ ।

यता जनकपुर उद्योग वाणिज्य संघले भने कुनैपनि बन्द हड्तालको कार्यक्रम नगर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । दीपावली र छठजस्ता महत्वपूर्ण पर्वहरु नजिक रहेको भन्दै वाणिज्य संघले बन्द हड्तालजस्तो विरोधको कार्यक्रम नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।