शनिबार, साउन ३०, २०८३

के गर्दैछिन् म्यानमारमा राष्ट्रपति भण्डारी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज उच्चस्तरिय भेटवार्ता गर्दैछिन् ।
 
उनले आज बिहान म्यानमारका राष्ट्रपति ऊ विन मिन्तसँग भेट गर्दैछिन् । प्रेसिडेन्सियल हाउसमा हुने भेटमा दुई देशको सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने भएको छ।
 
यस्तै राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्ने भएकी छिन् । आजै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
 
राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्मारका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गने भएकी छिन् ।

त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ।  यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।

राष्ट्रपति भण्डारी बुधबार चार दिने म्यान्मार भ्रमणका क्रममा राजधानी नेपित पुगेकी थिइन् । उनलाई म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए ।
 
राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।