शनिबार, साउन ३०, २०८३

निकुञ्जको बोलपत्र च्यात्ने सात पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । 

निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो ।

निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार, बोलपत्र फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सात जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । बुधबार बोलपत्र दर्ता गर्ने अन्तिम दिन रहेको थियो । 

सो क्रममा युवाहरुको एक समूहले दर्ता गर्न लागिएका बोलपत्र च्यातेपछि विवाद भई बोलपत्र प्रक्रिया नै रोकिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । 

उनका अनुसार रु ५० लाखको दुई पोष्ट भवन र रु १९ लाखको पर्खाल निर्माणका लागि बोलपत्र खुलाइएकामा आठ बोलपत्र दर्ता भए पनि अन्य बोलपत्र च्यातिएपछि परेका सबै बोलपत्र बदर गरी नियमानुसार पुनः पक्रिया अगाडि बढाइने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।