शनिबार, साउन ३०, २०८३

पूर्व अर्थमन्त्री राणाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ।

राणाको बुधबार काठमाडौंको मेडिसिटी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो।

२०६१ साल माघ १९ गते तत्कालीन राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि गठित मन्त्रिपरिषद्मा राणा अर्थमन्त्री बनेका थिए।

लाओसका लागि नेपाली राजदूत समेत रहेका राणा नेपाल हकी संघका संस्थापक उपाध्यक्ष पनि हुन्।

राणाका श्रीमती र २ छोरा छन्। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।