शनिबार, साउन ३०, २०८३

बालविवाह गर्ने जोडी मन्डपबाटै पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – सल्यानमा विवाह मन्डपबाटै दुलहादुलही पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बालविवाह गरेको आरोपमा मन्डपबाटै उनीहरुलगायत आफन्तलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका –५ का १५ वर्षीय दुलहा, सोही ठाउँकी १४ वर्षीया दुलही रहेका छन्। यस्तै दुलहा र दुलहीका आमाबुबा र पण्डित गरी सात जनासमेत पक्राउ परेका छन् । बालविवाह गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई  ईलाका प्रहरी कार्यालय लुहामको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखि अनुसन्धान भैरहेको सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आजमात्रै सार्वजनिक गरेको हो। 

सल्यानमा पछिल्लो समय बालविवाह बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ । यसअघि गत असोज १७ गते बालविवाह गरेको अभियोगमा सिद्ध कुमाख गाउँपालिका –४ बाटसमेत दुलहादुलहीसहित ७ जना पक्राउ परेका थिए। उनीहरुले अहिले पनि जिल्ला अदालत सल्यानमा मुद्दा खेपिरहेका छन्।

त्यसैगरी शारदा नगरपालिका –४ पिपलनेटाबाट गत असारमा १८ वर्षीया दुलही र १७ वर्षीय दुलहासहित ४ जना पक्राउ परेका थिए। जिल्ला अदालत सल्यानले भदौ १८ गते बेहुली र बेहुलाकी आमा र ब्राह्मणलाई जनही दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। बेहुलालाई भने उमेर नपुगेको नाबालक भन्दै अदालतबाट सफाई दिइएको थियो।

प्रहरीको तथ्याङ्क अनुसार गएको १ वर्षमा साढे ४ सय बालविवाह भएका छन्। जनचेतनाको कमीका कारण बालविवाह बढेको इन्सेककी सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकी बताउँछिन्। पक्राउ गरेर मात्रै बालविवाह नरोकिने भन्दै उनले बालविवाह रोकथामका लागि स्थानीय सरकार, विद्यालय, प्रहरी र विभिन्न संघसंस्था लाग्नुपर्नेमा जोड दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।