शनिबार, साउन ३०, २०८३

ज्यान मुद्दामा किन पक्राउ परेनन् नेकपा सांसद गुरुङ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जिल्ला अदालत काठमाडौंको आदेशमा असोज ८ गते नै पक्राउ पूर्जी जारी भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ अझै पक्राउ परेका छैनन्।

सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा बैशाख २९ गते नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो। 

जिल्ला अदालत काठमाडौंले भदौ १२ मै अदालतमा उपस्थित हुन सांसद गुरुङको नाममा पत्र जारी गरेको थियो। 

०७४ को स्थानीय तहको निर्वाचनपछि दोलखाका धीरध्वज खड्कामाथि काठमाडौंको गौशलामा आक्रमण भएको थियो। 

सोही घटनामा सांसद गुरुङसहित सात जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

यता सांसद गुरुङले आफूमाथि मुद्दा रहेको स्वीकार गरेका छन्। उनले नेपालसमयसँग कुराकानी गर्दै आफूविरुद्ध राजनीतिक प्रतिशोधका कारण मुद्दा दर्ता भएको दाबी गरे। उनले अब आफै अदालतमा उपस्थित हुने बताए।

तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने गुरुङविरुद्धको पक्राउ पूर्जीबारे आफूलाई कुनै जानकारी नभएको नेपालसमयलाई बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।