शनिबार, साउन ३०, २०८३

नेपाली क्रिकेट टोलीसँग मुस्कुराएकी 'मुस्कान'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - एसिड आक्रमणमा परेकी  १५ वर्षीया मुस्कान खातुनलाई नेपाली क्रिकेट टोलीले भेटेको छ। उनी उपचाररत कीर्तिपुर अस्पतालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालसँगै पारस खड्का, सोमपाल कामीलगायतका केही खेलाडीले उनलाई भेट्न पुगेका थिए।

भेटका क्रममा पारसले उनको हौसला बढाउँदै उनी सबैका लागि प्रेरणाको स्रोत भएको बताए। उनले सरकारसँग यस्ता घटना घटाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रहसमेत गरे।

एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो। वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी मुस्कान विद्यालय जाँदै गर्दा उनीमाथि गत भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, वरुण धवन तथा अभिनेत्री कृति सेनन लगायतलेसमेत मुस्कानको लागि  भिडियो सन्देश पठाइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।