शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति, जनताले भोग्न परेन सास्ती

हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति, जनताले भोग्न परेन सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टर चढेर एयरपोर्ट पुगेकी छिन्। चार दिने म्यानमार भ्रमणका क्रममा एयरपोर्ट जान भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगेकी हुन्।

यसअघि राष्ट्रपति भण्डारीले विदेश भ्रमणमा निस्किँदा एयरपोर्ट जान सडक मार्ग प्रयोग गर्ने गरेकी थिइन्। भण्डारी सडक मार्ग नभएर हेलिकप्टरमार्फत विमानस्थल पुगेपछि यस पटक काठमाडौंमा यात्रुले सास्ती भोग्नु परेन। 

राष्ट्रपति ठिक पौने १० बजे शीतलनिवासबाट विमानस्थल उडेकी हुन्। राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी श्रीधर गौतमले बिहान कार्यालय समय भएकाले ट्राफिक समस्यालाई मध्ययनजर गर्दै राष्ट्रपतिले विमानास्थल जान हेलिकप्टर प्रयोग गरेको जानकारी दिए। 

राष्ट्रपति १०:४० मा नेपाल एयरलाईन्सको विमानबाट म्यानमार प्रस्थान गरेकी छिन्। समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार हिँडेकी राष्ट्रपति भण्डारीलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका थिए। चार दिने म्यानमार बसाइपछि भण्डारी उतैबाट जापान जाने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।