शनिबार, साउन ३०, २०८३

मन्त्रीहरु तत्काल नफेरिने, यस्तो छ सचिवालयको निर्णय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेकपाले मन्त्रिपरिषद् पुर्नगठनको विषयलाई केहि दिन पर धकेलेको छ ।

दुई दिनदेखि बसेको सचिवालय बैठकले केहि दिनका लागि मन्त्री हेरफेरको विषय स्थगित गर्ने निर्णय गरेको हो। 

राष्ट्रपति विद्या देवी भण्डारी आजै म्यानमारतर्फ प्रस्थान गरेपछि मन्त्री हेरफेरको विषय केही दिनका लागि स्थगित गरिएको हो । 

राष्ट्रपति म्यानमार र जापानको भ्रमण सकेर फर्किएपछि र प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनबाट फर्केपछि मन्त्री हेरफेर हुने जनाइएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले पार्टीको संगठन विभागमा तीन जना थप गर्ने निर्णय गरेको छ । विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थप भएका छन्।

संगठन विभागमा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए। अब संगठन विभाग ५ सदस्यीय भएको छ। 

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पार्टीले आगामी मंसिरमा हुने प्रनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी ३–३ जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको श्रेष्ठले जनाएका छन्।

स्थानीय तहको उम्मेदबारको टुँगो प्रदेशले नै लगाउने बारे जानकारी दिदै श्रेष्ठले भने,‘नेकपा स्थानीय नगरपालिका वा गाउँपालिकाहरूको मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।