काठमाडौं- जनकपुरधाममा जारी विवेकशील नेपाली दलको केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्।
मंगलबार साँझ भएको मतदानमा पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरी विजयी भए। पाण्डेसँग प्रतिस्पर्धा गरेका शिव थापाले ३७ प्रतिशत मत प्राप्त गरेका थिए।
निर्वाचनका क्रममा ५ प्रतिशतले ‘नो भोट’ गरेका थिए।
निर्वाचनबाट महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् भने उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव बुधबार हुँदैछ।
जनकपुरधाममा जारी अधिवेशन कात्तिक २ गतेसम्म चल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४