शनिबार, साउन ३०, २०८३

सांसद साहलाई चार दिन थुनामा राख्न अदालतको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साह थप चारदिन थुनामा बस्नुपर्ने भएको छ । 

जिल्ला अदालत धनुषाले सांसद साहलाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

मंगलबार काठमाण्डौं विमानस्थलबाट पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई बुधबार बिहान अदालतमा हाजिर गराएको थियो । अदालतले घटनाको अनुसन्धा गर्न चारदिन म्याद थप गरेको छ ।

विमान ढिलो भएको भन्दै सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए । 

सांसद साहले विमानस्थलमा तोडफोड गरेको भन्दै उड्डयन प्राधिकरणले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि जिल्ला अदालत धनुषाको आदेशमा उनलाई पक्राउ गरिएको हो।
 
यता साहलाई बिनाशर्त रिहा गर्नुपर्ने भन्दै राजपा आन्दोलनमा उतारेको छ। राजपाको आन्दोलनका कारण बिहानैदेखि जनकपुर ठप्प छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।