आइतबार, चैत ८, २०८२

काठमाडौं केन्द्रित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

महासंघ राष्ट्रिय समितिको १५ महिनापछि भदौ १२ र १३ गते राजधानीमा भएको छैटौं पूर्ण बैठकले शिक्षकका मागप्रति राज्य संवेदनशील नभएकाले नयाँ शिक्षामन्त्री नियुक्त भएलगत्तै राजधानी केन्द्रित सडक आन्दोलनको कार्यक्रम अघि सार्ने निर्णय गरेको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघको छैटौं पूर्ण बैठकले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै काठमाडौं केन्द्रित सडक संघर्ष गर्ने निर्णय गरेको छ। महासंघ राष्ट्रिय समितिको १५ महिनापछि भदौ १२ र १३ गते राजधानीमा भएको छैटौं पूर्ण बैठकले शिक्षकका मागप्रति राज्य संवेदनशील नभएकाले नयाँ शिक्षामन्त्री नियुक्त भएलगत्तै राजधानी केन्द्रित सडक आन्दोलनको कार्यक्रम अघि सार्ने निर्णय गरेको हो।

National life

बैठकले शिक्षक आन्दोलनका मागका विषयमा मन्त्रालयसँग छलफल गर्ने, शैक्षिक संवाद समन्वय समितिका क्रियाकलापलाई अघि बढाउने र मन्त्री नियुक्त भएपछि शिक्षकका माग पूरा गर्ने विषयमा सम्बोधन गर्न दबाबस्वरुप यसअघि भएका आन्दोलनभन्दा कडा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सरकारले जानाजान आलटाल गरेको छ। यसलाई कार्यान्वयन तहमा पुर्‍याउनुपर्छ।’

यसअघि शिक्षक महासंघ र नेपाल सरकारबीच भएका सहमति कार्यान्वयन गर्न दबाब दिइने महासंघ अध्यक्ष कमला तुलाधरले जानकारी दिइन्। ‘अध्यादेशमार्फत भए पनि संघीय शिक्षा ऐन ल्याउनुपर्छ। विभिन्न प्रकारका शिक्षकलाई हटाएर एकद्वार प्रणालीबाट शिक्षक नियुक्ति गर्नुपर्छ। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सरकारले जानाजान आलटाल गरेको छ। यसलाई कार्यान्वयन तहमा पुर्‍याउनुपर्छ।’ उनले दरबन्दी मिलान र शिक्षक बढुवा लगायतका मागका विषयमा सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। शिक्षकका सेवासुविधा लगायतका मागका विषयमा सरकार संवेदनशील नदेखिएको उनको भनाइ छ। उनले भनिन्, ‘अब सडक आन्दोलनको विकल्प छैन। हामी काठमाडौं केन्द्रित आन्दोलनबाट हाम्रो तागत देखाउनेछौं।’ 

आन्दोलनको स्वरुप र गतिविधिका विषयमा भने आन्दोलन परिचालन कमिटीले छलफल गरेर निर्णय गर्ने भएको छ। आन्दोलन परिचालन कमिटीको संयोजकमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीलाई तोकिएको छ।

यसका साथै महासंघको पूर्ण बैठकले महाधिवेशनमा आवद्ध संस्थाहरुको अध्यक्षस्तरीय कमिटीले महाधिवेशनको कार्यातालिका बनाउने, पालिका, जिल्ला र प्रदेश स्तरीय अधिवेशन सञ्चालन गरेपछि  केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 30, 2021| 14:57 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्