शनिबार, साउन ३०, २०८३

नेकपाको चियापान आज, एक लाखलाई निम्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसर पारेर आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापन कार्यक्रम गर्दैछ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने कार्यक्रममा एक लाख बढिलाई निमन्त्रणा पठाइएको नेकािले जनाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालका नामबाट एक लाख बढिलाई निमन्त्रणा पठाएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए । 

महासचिव पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

यसअघि प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन अर्थात असोज २६ गते चियापान कार्यक्रम गरेको थियो । चियापान कार्यक्रमलाई दलहरुले राजनीतिक संवाद बढाउने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।