शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवाले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिवको आवेदन  

लोकसेवाले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिवको आवेदन  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोक सेवा आयोगले इतिहासमै सबैभन्दा धेरै संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान गरेको  छ । 

बुधबार एक विज्ञापन प्रकाशित गर्दै आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा ६८८ जनाको माग गरेको हो । 

सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो । विज्ञापनमा उल्लेख भएअनुसार निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको माग गरिएको छ । 

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३–३ जनाको विज्ञापन प्रकाशित भएको छ । 

इच्छुक उम्मेद्वारले आगामी मंसिर ३ गतेसम्ममा आवेदन दिनु पर्ने भएको छ । आवेदनको 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।