शनिबार, साउन ३०, २०८३

सी भ्रमण विकासका लागि कोशेढुंगा सावित हुने : नेकपा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको विदेश मामिला विभागले चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणका बारे समीक्षा गरेको छ। मंगलबार आयोजना गरिएको समीक्षा कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी भएको र नेपालको समग्र विकासमा भ्रमण कोशेढुंगा सावित हुने निष्कर्ष निकालिएको छ।

बैठकमा विभागका प्रमुख माधवकुमार नेपालले भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए। 

यस्तै सो कार्यक्रममा विभागका उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मातृका पौडेलले भ्रमणका विविध पाटामा आफ्ना विश्लेषण प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।