काठमाडौं - जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोडको आरोपमा पक्राउ परेका राजपाका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई तत्काल रिहा गर्न माग गरिएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै साहलाई तत्काल रिहा गर्न माग गरेका हुन्।
उपचारका लागि काठमाडौं आउन लागेका बिरामी छटपटाई रहेको अवस्थामा सांसद साह आक्रोसित भएको राजपाको विज्ञप्तिमा भनिएको छ।
सांसद साहलाई तत्काल रिहा नगरे उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुने चेतावनी विज्ञप्तिमा दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४