काठमाडौं - अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन्।
संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्। मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गत पुसमा राजीनामा दिएकी थिइन्। दाहाल नेकपाका अध्यक्ष प्रचण्ड निकट मानिन्छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४