शनिबार, साउन ३०, २०८३

सामान्य अंकले बढ्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.०८ अंकले बढेर एक हजार १४२.०४ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.०५ विन्दुले बढेर २५०.२२ मा पुगेको छ। 

नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ। कूल १५१ कम्पनीको ७ लाख ६५ हजार ८ सय ९७ कित्ता सेयर २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा कारोवार भयो। स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै सकारात्मक देखिएका छन्। सबैभन्दा बढी होटेल उपसमूहमा ०.९७ प्रतिशतको वृद्धि देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।