शनिबार, साउन ३०, २०८३

विमानस्थलमा तोडफोड गर्ने सांसद साह पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जनकपुर विमानस्थलमा तोडफोड गरेका प्रतिनिधि सभा सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । 

नागरिक उड्डयन प्राधिकरण कार्यालय जनकपुरले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरीको अनुरोधमा जिल्ला अदालत धनुषाले साहलाई पक्राउ गर्न आदेश दिएको थियो ।

त्यसको केही बेरमै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट पक्राउ परेका हुन्। ​​​​​​सोमबार ​काठमाडौं आएका सांसद  साह मंगलबार सर्लाही फर्कन विमानस्थल पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

सांसद साहले फेसबुकमार्फत आफू पक्राउ परेको जानकारी दिएका छन् ।

प्राधिकरणको जनकपुर कार्यालयले सांसद साहमाथि तोडफोड गरेको तथा वाधाअवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

जिप्रका धनुषामा मुद्दा दर्ता भएसंगै सांसद साहलाई पक्राउ गर्न काठमाडौं प्रहरी कार्यालयलाई जानकारी गराईएको थियो। 

सम्बन्धित समाचार:  राजपा सांसद साहद्वारा जनकपुर विमानस्थलमा तोडफोड
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।