शुक्रबार, साउन २९, २०८३

धवलशमशेरको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं। ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। नेता डा. धवलशमशेर राणासहित उनी पक्षका नेताहरु शुक्रबार आयोग पुगेर दल दर्ता गरेका हुन्। आयोगले जय नेपाल पार्टीलाई त्रिभुज चुनाव चिन्ह दिएको छ। 

राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी भएनन्।

तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गरेका हुन्। प्रसाईले तत्काल दल दर्ता गर्न हतार गर्न नहुने बताएका छन्। 

दल दर्तापछि पार्टी सभापति धवलशमशेर राणाले केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्ने बताएका छन्।

साथै राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पूनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न, पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न समेत आग्रह गरेका छन्।

प्रकाशित: Aug 14, 2026| 17:54 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्