शनिबार, साउन ३०, २०८३

पूर्वमन्त्री आलमको ७ दिन म्याद थप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्वाेच्च अदालतले दोषी ठहर गरेको साढे ७ वर्षपछि पक्राउ परेका पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद् मोहम्मद आफताब आलमलाई जिल्ला अदालत, रौतहटले ७ दिनको म्याद थप गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, रौटहटले आलमको म्याद थपका लागि मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो। 

२०६९ जेठ १६ गते सर्वाेच्च अदालतले पहिलो संविधानसभा निर्वाचनका बेला भएको बम कान्डमा आलमसहित ५ जनालाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि उनी पक्राउ पर्न सकेका थिएनन्। 

पहिलो संविधानसभाको निर्वाचनमा बुथ कब्जाका लागि घरमा बम बनाउने क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएपछि घटना लुकाउन आलमले गम्भीर घाइते १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर हत्या गरेको अदालतको ठहर छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।