शनिबार, साउन ३०, २०८३

मन्‍त्री हेरफेरको तयारी : सचिवालयले आज टुंगो लगाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। 

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका ओलीले आज सचिवालयको बैठकमा यस विषयमा छलफल गर्ने भएका छन्। नेकपाको सचिवालय बैठक दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। 

बैठकमा प्रधानमन्त्रीले पूर्वमाओवादी र पूर्वएमालेका तीन–तीन जना मन्त्री फेर्ने प्रस्ताव पेश गर्ने स्रोतले जनाएको छ। 

स्रोतका अनुसार पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृकाप्रसाद यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र कृषिमन्त्री चक्रपाणी खनाल बाहिरिने भएका छन्। यसैगरी, पूर्वएमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला तथा बालबालिकामन्त्री थममाया थापामगर र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाहिरिने सम्भावना छ।

थममायाको ठाउँमा उपसभासभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ। सभामुखमाको आउने भन्ने अहिलेसम्म टुंगो नलागे पनि उपसभामुख समाजवादी पार्टीलाई दिने तयारी भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि म्यानमार भ्रमणमा जाने भएकाले आजै मन्त्री हेरफेरको टुंगो लगाउने तयारी भएको नेकपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार आज मन्त्रीहरुको हेरफेर नभए प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनबाट फर्केपछि हुन सक्छ। तर, त्यसका लागि अहिले करिब दुई साता समय रहेको छ।

यसअघि सोमबार नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो। करिब दुई घण्टा भएको छलफलमा मन्त्री हेरफेरको चर्चा चलेको थियो।

यस्तै, आजको बैठकमा सभामुखको चयन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका विषयमा पनि छलफल हुने भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।