काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।
होटल हायातमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ।
विश्वका ८१ देशमा एनआरएनएका सदस्य ८२ हजार रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने अनुमान गरिएको छ।
विश्व सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्रतिष्पर्धामा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४