काठमाडौं - हाँडीगाउँको जात्रा आज (सोमबार) मनाइएको छ। छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइँदै आइएको छ।
ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर जात्रा मनाउने गरिन्छ।
पौराणिक कथनअनुसार लिच्छविकालमा एउटी दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ। दिदीले बहिनीलाई आफू धनी परिवारको भएकीले राम्रो स्वस्थ सन्तान जन्माउन सक्छु भनी घमण्ड गरिछन् । बहिनीले आफूसँग धनसम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आफ्नो आस्था भएकाले आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिइन् ।
९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तान जन्माइन् तर घमण्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान १३ वर्ष बित्दा पनि नजन्मिएपछि ज्योतिषीले रिसाएर शिवपुरी जंगलमा ध्यानमा बसेका विष्णुलाई मनाउन सके पेटको बच्चा जन्मिने बताए। ज्योतिषको सल्लाहअनुसार दिदीले क्षमापूजा गरिन्। अन्यत्र कतै नपाइने विश्वकर्माले बनाएको खटमा राखेर जात्रा गर्ने, सुनको धागोले उनेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भए।
हाँडीगाउँको जात्रामा गजुर भुईंपट्टि र देवता टुप्पोमा भएको उल्टो मन्दिरको जात्रा गरिन्छ। मन्दिर सुनको धागोले उनेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ। यस्तो अनौठो मन्दिरलाई १५/१५ गुठीयारले बाकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमासमेत लिइन्छ।
विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...