शनिबार, साउन ३०, २०८३

पक्की पुल माग्दै थालेको अनशन ३७ औं दिनमा स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै गरेको स्थानीयको रिले अनशन ३७ दिनपछि स्थगित भएको छ।

झुलाघाट नाकामा पक्की पुल निर्माणको एक सूत्रीय माग गर्दै गएको भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनशन थालिएको थियो। 

झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले सोमबार प्रेस विज्ञप्ति जारी गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने भन्दै रिले अनशन स्थगित गरेको जनाएको छ। 

३७ दिनसम्म रिले अनशन बस्दा पनि आफूहरुको माग प्रति सरकारले कुनै चासो नदिएकाले अब आन्दोलनलाई थप सशक्त बनाउन हाललाई स्थगित गरिएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए। 

अनशन बसेको ३७ दिनसम्म पनि सरकारले कुनै प्रतिक्रिया नजनाउनु दुर्भाग्यपूर्ण भएको स्थानीय आक्रोषित छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।