शनिबार, साउन ३०, २०८३

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। अर्थशास्त्री अभिजीत बेनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको सोमबार घोषणा गरिएको हो।

विश्वभरबाट गरिबी उन्मुलन गर्न एक्सपेरिमेन्ट अप्रोच अनुसन्धान गरेवापत नोबेल कमिटिले उनीहरुलाई पुरस्कृत गर्न लागेको हो। वितेको दुई दशकमा गरिबी कम गर्न यस अप्रोचको महत्वपूर्ण योगदान रहेको कमिटिले उल्लेख गरेको छ। विश्वभर ७० करोड भन्दा बढी जनसंख्या गरिबीको रेखामूनि रहेको बताइएको छ।

बेनर्जीकै अनुसन्धानको सहयोगमा भारतमा रहेका शारीरिक रुपमा असक्तहरुको शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्न सहयोग पुगेको थियो। उनी भारतीय मूलका अमेरिकी अर्थशास्त्रीसमेत हुन्।

यस्तै बेनर्जीसँगै नोबेल पुरस्कार जित्ने डुफलो अर्थशास्त्रमा सबैभन्दा कम उमेरमै उक्त पुरस्कार हात पार्ने प्रथम महिला हुन् भने संख्याका आधारमा दोस्री हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।