आइतबार, चैत ८, २०८२

आरक्षणका लागि झूटो विवरण बुझाउने १० जनालाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटायो

चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा छात्रवृत्ति कोटामा आरक्षणतर्फ नाम निस्किएका दस जना परीक्षार्थीले झूटो विवरण पेस गरेको पाइएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा छात्रवृत्ति कोटामा आरक्षणतर्फ नाम निस्किएका दस जना परीक्षार्थीले झूटो विवरण पेस गरेको पाइएको छ।

National life

आयोगले झूटो कागजपत्र पेस गरेका उनीहरुलाई योग्यताक्रमको सूचीबाट हटाएको छ। आयोगले चिकित्सा शिक्षातर्फ स्नातकको तहको साउन ९ गतेदेखि १३  गतेसम्म सञ्चालित परीक्षाको नतिजा प्रकाशित भएपछि परेको उजुरीका आधारमा छानबिन गर्दा झूटो विवरण पेस गरेको पाइएको हो। उनीहरूले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेस गरेका थिए।



यसैबीच चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गर्न सूचित गरेको छ। आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारले म्याचिङ प्रणालीद्वारा भर्ना प्रक्रियाका लागि अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्ने जनाएको छ।

Laxmi sunrise bank
kumari

प्राथमिकता निर्धारण एक पटक मात्र गराइने भएकोले योग्यता क्रममा रहेका सम्पूर्ण उम्मेदवारहरुले अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्नुपर्ने आयोगले जनाएको छ। यसका लागि चिकित्सा शिक्षा आयोगको वेबसाइट मार्फत प्राथमिकता निर्धारण गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्नकालागि चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि २०७८ बमोजिम भदौ १५ बिहान १० बजेबाट भदौ २० गते सम्म प्राथमिकता निर्धारण कायक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।

विदेशी विद्यार्थीका लागि छुट्टाइएको सिट संख्या भन्दा कम उमेदवार भएमा एउटै मात्र म्याचिङ हुने र स्वदेशी विद्यार्थीले प्रतिक्षा सुचिमा रहन फारम भर्ने उमेदवारले तोकिएको समयभित्रै प्राथमिकता निर्धारण फारम अनिवार्य भर्नुुपर्ने आयोगले जनाएको छ।




प्रकाशित: Aug 30, 2021| 13:36 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्