शनिबार, साउन ३०, २०८३

माछापुच्छ्रेको २१औं वार्षिक साधारण सभा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको २१ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

पोखराको होटल पोखरा ग्राण्डमा सम्पन्न साधारण सभाले बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ। 

यस्तै, साधारणसभाले शेयरधनीलाई चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्तावसमेत पारित गरेको छ। जसमध्ये ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एवम् नगद लाभांशमा लाग्ने करसहित) प्रदान गर्ने बैंकले जनाएको छ। साधारणसभाले अन्य ‘उपयुक्त’ बैंक तथा वित्तीय संस्थासँग गाभ्न÷गाभिनेसम्बन्धी कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रूपैयाँ खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रूपैयाँ ७ पैसा कायम गरेको थियो। बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रूपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रूपैयाँ संचित छ।

बैंकले देशभर १४० शाखा र १३० शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ। यस्तै, बैंकका देशभर १६२ एटिएम संचालनमा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।