शनिबार, साउन ३०, २०८३

दाङबाट लागुऔषधसहित पाँच पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ- लागुऔषधसहित प्रहरीले दाङबाट पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो । 

बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थानसहित पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही– १५ का प्रवीन विश्वकर्मा रहेका छन् । 

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ९ग० अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।