शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय कुटनीतिज्ञको टिप्पणी : नेपाल चीनसँग नजिकिने ‘जोखिम’

भारतीय कुटनीतिज्ञको टिप्पणी : नेपाल चीनसँग नजिकिने ‘जोखिम’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणबारे एकजना भारतीय पूर्व राजदूतले नेपालबारे ‘अप्रिय’ अवधारणा अघि सारेका छन्।

सीकाे नेपाल भ्रमणले नेपालको दीर्घकालीन विकास साझेदारीमा कोशेढुङ्गा साबित हुने आम नेपालीको भरोशा बढिरहेको बेला ती कुटनीतिज्ञकाे अप्रिय भनाइ आएकाे हाे। उनको भनाइमा नेपाल र चीनबीच दुईपक्षीय सम्बन्ध विस्तार हुँदा नेपालको भारतसँगको निर्भरता घट्ने र चीनसंग नेपाल नजिकिने ‘जोखिम’ औँल्याएका छन्। 

एउटा भारतीय टेलिभिजनको विमर्श कार्यक्रममा ईरान र संयुक्त अरब इमिरेट्सका लागि भारतीय राजदूत केसी सिंहले भनेका छन, ‘नेपालसँग हाम्रो खुला सीमा छ। वस्तुहरु भित्रिइरहेका छन्, नेपालले आयात गरिरहेको छ, झन्डै आधा–आधा, आधासरो भारतबाट, केही हवाई मार्गबाट र केही सिधै। यदि यो सन्तुलन फेरियो भने नेपालले सिधै वस्तुहरु आयात गर्नेछ। त्यसपछि हामीले नेपालमाथि बेलाबेलामा पेच कसेर मनोवैज्ञानिक दवाब बनाईराख्ने हाम्रो ब्यवस्था हट्ने छ। त्यहाँ माओवादी, कम्युनिष्टको सरकार छ हामीले यो कुरा भुल्न हुँदैन। त्यसैले, सीको नेपाल भ्रमणले दिने त्यो संकेत एकदमै महत्व छ। मलाई थाहा छैन हामीले यस्तो घटनाक्रमलाई कसरी प्रतिकार गर्ने?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।