शनिबार, साउन ३०, २०८३

उल्लासपूर्वक कोजाग्रत पूर्णिमा मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- मिथिला क्षेत्रमा पान, मखानको पर्वको रुपमा चिनिने कोजाग्रत पूर्णिमा आइतबार उल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरू भगवानलाई पान, मखान, मिठाई लगायतका सामग्रीले पूजाआजा गर्ने गर्दछन्।

कोजाग्रत पूर्णिमाको दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ। महोत्तरीको रतौलीबाट उपहार स्वरुप आएको एक सय एक भार (कोसेली) विभिन्न सामाग्रीहरू जानकी मन्दिरमा आउने प्रचलन अनुसार यसपटक पनि आएको छ।

कोसेलीमा विभिन्न प्रकारका मिष्ठान, फलफूल, दही, लुगा लगायतका सामाग्रीहरू रहने गरेको छ। वर्षौँदेखि महोत्तरीको रतौलीबाट कोजाग्रत पूर्णिमाको दिन भार पठाउने परम्परा रहेको छ।

कोजाग्रत पूर्णिमाको अवसरमा साँझ भगवानलाई मन्दिरको गर्भगृहबाट बाहिर प्राङ्गणमा राखेर विशेष नाचगान र पूजा गर्ने परम्परा रहेको जानकी मन्दिरका पूजारी रामरोशन दासले बताए।

हिन्दु धर्मावलम्बीहरूले कोजाग्रत पूर्णिमाको दिन घरघरमा पनि भगवानलाई पान, मखान तथा मिठाईले पूजा गर्ने गर्दछन्। खासगरी मैथिल ब्राम्हण, कायस्थ लगायतका जातिमा यस अवसरमा नवविवाहिताहरूको घरमा माइतीबाट पान, मखान, मिठाई लगायतका सामाग्री सहित भार पठाउने परम्परा रहेको छ।

स्वर्गमा समेत नपाउने पान मखान मिथिलामा मात्र पाइने पौराणिक मान्यता रहेको छ। भगवान राम ससुराली जनकपुरमा रहेको बेला पूर्णिमाको दिन पान, मखान खाएको जनविश्वास सहित कोजाग्रत पूर्णिमालाई यस क्षेत्रमा विशेष महत्वका साथ हेर्ने गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।