शनिबार, साउन ३०, २०८३

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्किएका छन्। उनी एयर चाइनाको जेट विमानबाट स्वदेश फर्किएका हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीलाई बिदाइ गरिन्। 

सीको बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए। सीको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेकाे थियाे। यस्तै, समाराेहमा विभिन्न साँस्कृतिक झाँकी पनि प्रदर्शन गरिएका थिए।  

राष्ट्रपति भण्डारीको निमन्त्रणामा राजकीय भ्रमणका लागि सी शनिबार नेपाल आएका थिए। भ्रमणका क्रममा नेपाल र चीनबीच २० वटा सहमतिपत्र तथा सम्झौतामा हस्ताक्षर भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।